र फेरि पनि ३ नामथर कै कुरो

0 189

कृष्ण बिश्वकर्मा विजयु
भन्नेहरु भन्छन नामथर केही हैन कर्म ठूलो हो । भन्नेहरू भन्छन राम्रो काम गरेपछि नाम सम्मानित भैहाल्छ । त्यसोभए दैलेखका करबिर कामीले अपराध गरेका कारण नागरिकता प्रमाणपत्रमा कुकुरे कामी भएका हुन ररु नामथर केही हैन भन्नेहरूले वास्तविक पिडा बुझ्न सक्दैनन । केही दिन अघि कान्तिपुर दैनिकले अपमानजनक नामथर बारे समाचार छापेपछी गृह मन्त्रालयले कमजोरि सच्चाउन निर्देशन दियो ।
भन्ने गरिएका दलित समुदायका केही ब्यक्तिहरुका नागरिकता प्रमाणपत्रमा अपमानजनक नामथर हुनुले हाम्रो सामाजिक चेतनास्तरलाई प्रकट गरेको छ । अपमानजनक नामथरले जातिय अहंकार लाई प्रकट गरेको छ । अपमानजनक नामथरले यी जैरेहरुलाइ जे भन्दा नि हुन्छ जे गर्दा नि हुन्छ भन्ने समाजका तत्कालीन भद्र भलादमी भनिने, शासक प्रशासकको सोचाइलाइ प्रकट गरेको छ ।
नागरिकता बितरण टोलि समाजको हुनेखाने सम्पन्नकोमा बस्ने अनि त्यही कथित भलादमिले जे नाम भन्छ त्यसै अनुरुप सिफारिस गराएर नागरिकता जारी गर्दा अपमानजनक नामथर रहेका हुन । मैले नामथर सम्बन्धि धेरै अनुभव लिएको छु सबै लेख्दा लामो हुनसक्छ।
म सङ्गै पढेका धेरै साथीहरूले ९ कक्षामा रजिष्ट्रेशन फर्म भर्दा जन्ममिती सच्चाए तर मैले कृष्ण बहादुर बि।क। लाई कृष्ण बिश्वकर्मा गराएर फर्म भर्न खोज्दा फर्म भर्न सिकाउने शिक्षक को गाली खाएको छु । २०५६ सालमा ९ कक्षा पढने लाई शिक्षक ले बि।क। को ठाउँमा बिश्वकर्मा गराउन त नदिने सोच थियो भने दुर्गम गाउको अशिक्षित ब्यक्तिहरुको हालत के थियो होला अनुमान गरौ त ।
२०६९ मा निजामतिमा छिरियो । एउटा साथी थिए सङ्गै पास भएको सुब्बा नै हुन । बोलाउदा खेरी लेग्रो तानेर कृष्ण बहादुर जि, कृष्ण बहादुर जि लेग्रो तानितानी जबर्जस्ती बहादुर जोडेको ख्याल गरिराथे अनि स्टाफ मिटिङ्गमा लेग्रो तानेर बोल्नेको नाममा नाथ जोडिएको थियो मैले नाथ नबोलेर बहादुर नै जोडेर बोलाएपछी किन बहादुर जोडेको भनेर रिसाए । मेरोमा जोडन हुने मैले जोडिदिन किन नहुने भन्दिए । तपाईंको त प्रमाणपत्र मै छ त त्यही भएर भनेको भन्दा मैले पनि तपाईंको मा नभएको हुदा मैले बोल्दा जोडिदिए अनि चुप। त्यसपछी कहिल्यै पनि बहादुर जोडेनन । सवारी साधनमा यात्रा गर्दा सुरुमा सर, हजुर बोल्नेले के थरीरु कस्मारु सोधेर थर पत्ता लगाएपछि तिमी र त मा ओर्लनेलाई म पनि तिमी र त नै धेरै पटक भनेको छु । एकपटक ७० बर्ष आसपासको बुढोलाइ समेत त नै भनेको छु ।
बिदेशतिर कम्पनीमा काम गर्ने क्रममा, सार्बजनिक कार्यक्रम हरुमा ब्यक्तिलाइ बोलाउदा सुरुमा थर अनि नाम बोलाउने रहेछ । अर्घाखाँची केरुङ्गाका शिलाल नेपाली र मेरा अन्कल गुल्मी दरबार गाउपालिका का सुर्य सुनारको नागरिकताको थर राख्नुपर्नेमा जात ९ सार्की, कामी० राखिएको रहेछ ।
शिलाल जि ले थर सच्चाउन वडा कार्यालय बाट सिफारिस गराउनु भएछ तर जिल्ला प्रशासन अर्घाखाँचीमा नागरिकता फाटको सुब्बाले घुमाउनु घुमाएछ । दिनु दुख दिएछ । बुटवलमा ब्यबसाय गरेर बस्ने शिलाल पटकपटक अर्घाखाँची जिल्ला प्रशासन कार्यालय जादा पनि काम भएनछ । प्रसङ्गबश शिलाल जिले यो समस्या मलाई सुनाउनु भो । मेरो छिमेकी दाइ बिक्रम त्यतिबेला अर्घाखाँची प्रशासनमै प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । उहाँ सङ्ग कुरा गरे । हाम्रा मान्छेलाई फाटवालाले दिनु दुख दिए , २०६३र०४र२१ को गृह मन्त्रालयको सचिवस्तरीय निर्णयको प्रतिलिपी र वार्डको सिफारिस लिएर जादापनी दुख दिए भन्दिए । उहाले ल यो समयमा सिधै मेरोमा पठाउनु भन्नू भो । बिक्रम दाइलाइ भेटेको आधा घन्टामै थर सच्चियो ।
सुर्य अन्कललाई पनि थरले समस्यामै पारेको लज्जित गराएको थियो । मलाई समस्या सुनाउनु भो । मैले गृह मन्त्रालयको सचिवस्तरीय पत्रको प्रतीलिपि सहित म आफैंले निवेदन लेखिदिए । यो निवेदन वडामा लगेर दिनु सचिवले सिफारिस बनाइदिन्छ, अध्यक्षले सहि गर्दिएपछी जिल्लामा ल्याउनु काम हुन्छ भनेर गुल्मी दरबार पठाए । वार्ड सचिव र अन्कल छिमेकी रहेछन । उस्ले मरिगए सिफारिस लेखिदिन मानेन । उसलाइ त त्यो नामथरमा बोलाउदा हेप्न पाइयो भनेर मख्ख पर्ने बानी हुदो हो । सचिवलाइ म आफै फोन गरे । मैले म राजनीतिक ब्याकग्राउन्ड बाट निजामतीमै आएको मान्छे हो । नियम कानुन बिपरित काम गर्नुस भनिएको छैन । बकाइदा गृहको पत्र सङ्गै छ । सिफारिस बनाइदिन नमिल्ने भए कुन कानुनको कुन दफा अनुसार नमिल्ने हो लेखिदिनुस हैन भने उपल्लो ठाउबाट फोन ठोकाउन पर्ने हो कि घिउ निकाल्न औलो बाङ्गो गराउन पर्ने हो त्यो मलाई राम्रोसँग था छ भन्देको एकैछिनमा सिफारिस तयार गरेर आफै वडा अध्यक्षलाई फोन गरेर बोलाइ सहि समेत गराएर पत्र दियो । सिफारिस ल्याएपछि त गुल्मी प्रशासन कार्यालयमा १० कक्षा सम्मको सहपाठी भन्दा नि बेन्चपाठी उद्धव प्रशासकिय थिए । नागरिकता सजिलै सच्चियो ।
हाम्रो समुदायका सबै ब्यक्तिमा आफुलाइ आबश्यक पर्ने कानुनी ज्ञान छैन । ज्ञान भएकाले सहि बाटो देखाइदिनु पर्छ । सबै कर्मचारी बिक्रम थापा र उद्धव पन्थी जस्तो उदार पनि हुदैनन । कर्मचारीले कानुनले मिल्ने हदसम्म जनतालाइ सहजरूपमा सेवासुबिधा दिने उदारता सबै कर्मचारीले देखाउदैनन ।
छापा र अनलाइन मिडियामा अपमानजनक नामथर बारे निरन्तर समाचार आएपछि , साम्सदहरुले सम्सदमा समेत आवाज उठाएपछि गृह मन्त्रालयले मिति २०७९र०४र२३ गते सम्बन्धित ब्यक्तिले चाहेमा नामथर सच्चाउन निर्देशन दिएको छ । यो निर्देशन सहि छ तर पनि प्रहरी रिपोर्ट र मुचुल्का बिना नामथर सच्चाउन कानुनत नमिल्ने भएकोले प्रहरी रिपोर्ट र मुचुल्काको ठाउँमा वार्ड समिती ९ अध्यक्ष र ४ सदस्य ० को संयुक्त सिफारिसमा सच्चाउन मिल्ने ब्यबस्था हुने हो भने झन्झट हुने थिएन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।