गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन,, हव बन्दै वामीटक्सार

0 496

कार्तिक ४ गुल्मी
हरेक बर्षको तिहारमा गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन हुने भए पनि सरकारी निकायबाट त्यसको लेखाजोखा र उत्पादन बृद्धिमा चासो नदिदा उद्योगको रुप लिन सकेको छैन ।
जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामी टक्सार बजार झिनुवा रोटी उत्पादनको हव बन्दै गएको छ । जहाँ बार्षिक झण्डै ५० लाख बराबरको झिनुवा रोटी उत्पादन हुने गरेको छ । छिमेकी जिल्ला बाग्लुङ्ग देखि बुटवल सम्मको माग आफुहरुले थेग्न नसकेको उत्पादकहरु बताउँछन् ।

गुल्मीको सदरमु्काम तम्घासको पुरानो बजार र बागमारेका नेवार समुदाय सदियौं देखि झिनुवा रोटी उत्पादन गर्नमा कहालाएका थिए । तर अहिले त्यहाँ भन्दा बढि झिनुवा रोटी उत्पादन गर्ने वामीटक्सारका नेवार समुदाय बनेका छन् । करिव सय घरधुरी नेवार समुदाय रहेको वामीटक्सारमा अहिले झण्डै ८० प्रतिशतले झिनुवा रोटी बनाउने गरेका छन् ।


अन्य समुदाय सहित करिव ५० घरधुरी नेवार समुदायले झिनुवा रोटी उत्पादन गर्दै आएका छन् र बार्षिक झण्डै ५० लाख आम्दानी लिईने गरेको आँकलन उनिहरु सुनाउँछन् । तिहार भित्रिए लगत्तै त्यहाँका प्राय प्रत्येक नेवार समुदायका टिनको छाना देखि घरको तलाहरुमा रंगिबिरंङ्गी झिनुवा रोटी सुकाइर्एको दृश्यले तिहार भित्रिएको महशुस हुन्छ । वामीटक्सार बजारका सुशान्त शाक्य बिसाबाईसे उमेरका युवा हुन । उनले एउटै सिजन तिहारमा मात्रै करिव २ लाख रुपैयाँ आम्दानी लिने गरी झिनुवा रोटी बनाउन भ्याई नभ्याईमा छन् ।

ad

वामीटक्सारमा सबै भन्दा बढि झिनुवा रोटीको कारोवार गर्ने बिष्ण्ुमति श्रेष्ठ हुन । उनले मुख्य ब्यवसायका रुपमा झिन्ुवा रोटी उत्पादनलाई बनाईन । त्यसैबाट छोरा छोरी पढाउने देखि सडक छेउँमा पक्की घर ठडाएकी छन् । चार जनालाई रोजगारी समेत दिएकी श्रेष्ठले एकै सिजन तिहारमा मात्रै करिव ६ लाख सम्म कमाउने र माग थेग्न नसकिएको बताउँछिन् ।
उनले सरकारी निकायले अगुवाई गरे उक्त पेशा ठुलै उद्योगका रुपमा अगाडी बढाउन सकिने बताउँ छिन् ।

तिहारको सिजनमा करिव २ लाख रुपैया आम्दानी लिने लक्ष्य लिएका जगनाथ प्रधान दशैताका एक हप्ता सम्म पानी परिरहेको बेला क्षति ब्यहारेको तर पनि हरेस खानु पर्ने अवस्था नरहेको बताउँछन् । उनकी धर्मपत्नी बसन्ती श्रेष्ठ प्रधान सरकारी निकायले चाउचाउ र चाउमिन जस्तै उद्योगका रुपमा बिकास गर्न चाहे राम्रो हुने बताउँछिन् । त्यहाँका अमृत श्रेष्ठले झण्डै तीन लाख आम्दानी लिने गरेको र तिहारको बेला माग थेक्न गाह्रो भएको बताउँछन् ।

वामीटक्सार बजारमा झिनुवा रोटी उत्पादनमा बिष्णुमति श्रेष्ठ पछि बढि आम्दानी लिने ब्यक्ति हुन मेघ प्रसाद श्रेष्ठ । उनले करिव ५ लाखको झिनुवा बेच्ने गरेको र स्थानीय सरकारले उद्योगका रुपमा बिकास गर्नु पर्नेमा जोड दिन्छन् ।
त्यस बजारका भगवान कक्षपति , नन्दु कँडेल, शेरबहादुर रोकाय , धनमायाँ राना , बिष्ण्ु शाक्य बन्धना श्रेष्ठ, शान्ति श्रेष्ठ लगायतले ठुलो परिमाणा झिनुवा रोटी उत्पादन र विक्रि वितरण गर्ने गरेका छन् ।
वामीटक्सार पछि अर्को पुरानो ब्यापारिक केन्द्र रिडी, जोहाङ्ग,खैरेनी, शान्तिपुर , पुर्तिघाट , बलेटक्सार , रानीवास, धुर्कोट वस्तु र सदरमुकाम तम्घास सहित झिनुवा रोटीबाट बर्सेनी करोडौंको आम्दानी लिने गरिए पनि त्यसको लेखाजोखा र उत्पादन बृद्धिमा स्थानीय सरकारले चासो नदिदा त्यस ब्यवसायले उद्योगको रुप लिन नसकेको प्रति बिशेष गरी मुसिकोट नगरपालिकाले अगुवाई गर्न सके कफी पछि झिनुवा रोटी र वामीको अर्को प्रशिद्ध ढिंकीमा कुटेको चिउराले मुसिकोटको पहिचान मात्र दिने छैन, समृद्ध मुसिकोट बनाउने सपना पुरा हुने देखिन्छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।