चन्द्रकोटले रैथाने वाली संरक्षण गर्ने 

0 1,334

 

अनिल खत्री

७ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले रैथाने वाली संरक्षणमा विशेष ध्यान दिने भएको छ । पछिल्लो समय हाइबे्रड जातको बीउका कारण स्थानीय रैथाने वाली लोप हुने अवस्थामा पुगेको छ ।

ad

त्यसको संरक्षणमा गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने भएको हो । गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिकाको १३ औं गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कालो भटमास, सेतो भटमास, गहत, सिलाम, भाँगो जस्ता रैथाने वाली प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्रथामिकता दिइने उल्लेख गरिएको छ ।

त्यस्तै गाउँपालिकाले पालिका भित्रका मारुनी, झ्याउरे, भैलो, तीज गीत, चक्रेृश्वर मेला, लाखे जात्रा, पञ्चेबाजा, भजन कीर्तन लगायतका लोक संस्कृतिको प्रबद्र्धन गर्ने लिइने भएको छ ।

चन्द्रकोट गाउँपालिकाले बुधवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषकका उत्पादन गाउँपालिकाको व्यवस्थापन अन्तर्गत कृषकलाई बजारसँग जोड्न कृषि एम्बुलेन्स सञ्चालन गरी कृषकको उत्पादनलाई पालिकाको सहजिकरणमा बजारसँग जोड्ने नीति लिइने भएको छ ।

कृषि क्षेत्रमा उत्पादन बृद्धि र बजारीकरणमा बिशेष महत्वका साथ नीति कार्यक्रममा समाबेश गरिएको छ । गाउँपालिकामा माटो उपचार साथै माटोको नक्साङ्कनका लागि माटो परीक्षण प्रयोगशाला स्थापना हुने भएको छ ।

त्यस्तै कृषि उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालनमा ल्याउने नीति प्रस्तुत गरिएको छ ।

त्यस्तै गाउँपालिका भित्र सञ्चालन हुने आयोजनाहरुमा मानव श्रमको प्रयोगमा जोड दिइने भएको छ । गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलको अभिलेखिकरण विकास र प्रवद्र्धन गर्न विकास समिति गठन गरीने भएको छ ।

सहकारी संस्थाहरुलाई उत्पादनमूलक कार्यमा लाग्न अभिप्रेरित गरिने भएको छ । त्यस्तै स्थानीय पाठ्यक्रमका आधारमा निर्माण गरिएको आधारभूत तहको कक्षा (१–८) सम्मको पाठ्यपुस्तक छपाई तरी वितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

शैक्षिक सत्र २०८० लाई शैक्षिक गुस्णस्तर अभिवृद्धि अभियानबर्षको रुपमा विकास गर्न विद्यालय निरीक्षण र सुपरीवेक्षण कार्य तथा शिक्षकको् पेशागत विकासलाई व्यवस्थित गर्दै लगिने भएको छ । मानिसको मस्तिष्क विकास उसको गर्भको ९ महिनादेखि २ बर्षसम्म ८०% हुने हुँदा भविष्यमा हाम्रा सन्तति स्वस्थ, जिम्मेवार र उर्जाशिल बनाउनपोषिलो आहारा खान प्रोत्साहन गर्दै नियमित गर्भ परीक्षण, आमालाई पोषिलो झोला वितरण कार्यक्रम कार्यान्वयनमा ल्याइने भएकको छ ।

साथै जन्मिएको २ बर्ष भित्रमा प्रत्येक महिनामा तौल लिइ न्युन पोषण तथा कुपोषित बच्चाको पहिचान गरी समयमा नै व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने नीति कार्यक्रममा समाबेश गरिएको छ । असहाय र अशक्तहरुका लागि गरीबीको सूचिको आधारमा अति गरीबलाई १००%, मध्यम गरीबलाई ५०% गाउँपालिकाले व्यहोर्ने गरीनागरिकहरुको स्वास्थ्य बिमा गराउने साथै सूचीकृत हुनछुटेकालाई गरीबीको प्रकार हेरी स्वास्थ्य बिमा गर्ने व्यबस्थालाई निरन्तरता दिइने भएको छ ।

चन्द्रकोट गाउँपालिका भित्रकासुत्केरी आमालाई संघीय सरकारको यातायात खर्च सम्बन्धित स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने भएको छ । त्यस्तै बर्थिंग सेन्टरमा आई जटिल स्वास्थ्य समस्या भै आमा र नवजात शिशुलाई थप उपचारको लागि प्रेषण गर्नु पर्ने भएमा असहाय, अशक्त परिवारलाई सम्बन्धित ठाउँमा पु–याउने व्यवस्थालाई निरन्तरता दिइने भएको छ ।

साथै प्रसुती सेवालाई थप प्रभावकारी बनाउन प्रसुती केन्द्रहरुकोसंख्या र भौगोलिक संरचनाको आधारमा सेवा प्रभावकारीबनाउदै व्यवस्थापनलाई थप सुधार गर्दै लगिनेछ । चन्द्रकोट गाउँपालिका भित्रका बर्थिंग सेन्टरमान्युनतम मासिक रुपमा एकजना अथवा वर्षमा १२ जना प्रसुती सेवाग्राहीको संख्या नपुगेमाउक्त बर्थिंग सेन्टरलाई समायोजनको लागि पुनर्विचारगरिनेछ साथै स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईमा मासिक १५० जना सेवाग्राहीको संख्या नपुगेमा त्यस्ता स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीको दरबन्दी मिलानको साथै आवश्यक अनुसार समायोजन गरिने भएको छ ।

कोरोना भाइरस साथै अन्य सरुवा रोगहरुलाई भविष्यमा चन्द्रकोट गाउँपालिकाबाट निर्मुल पार्नका लागि हरपल कोशिसगरीने भएको छ । साथै कोभिड भ्याक्सिन उपलब्ध गराई पूर्ण खोप घोषणा गरिनेछ, अन्य सरुवा रोग सम्बन्धि जनचेतना अभिवृद्धिको लागि विद्यालय तथा समुदायमा स्वास्थ्य शिक्षा दिइने भएको छ । विद्यालयमा निःशुल्क आँखा जाँच, चश्मा वितरण तथा आँखा अप्रेशन शिविर सन्चालनका लागि निरन्तरता दिइने भएको छ ।

वृहत स्वास्थ्य शिविर संचालनको कार्यक्रमलाई निरन्तरता अध्यक्ष केसीले प्रस्तुत गरेको नीति कार्यक्रममा रहेको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल खेलाडीलाई सम्मान तथा प्रोत्साहनको नीति लिइने भएको छ ।

त्यस्तै गाउँपालिका भित्रको दलित समुदाय, मगर, कुमाल, बोटे आदि अल्पसंख्यक एवम् आदिवासी जनजातिको मौलिक भाष, कला, धर्म एवम् संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका कार्यलाई अगाडी बढाउने भएको छ । एम घर एक धारा कार्यक्रमलाई यसै वर्ष सम्पन्न गरिने भएको छ ।

त्यस्तै लिफ्टिङ्ग खानेपानी समितिको विद्युतको बिलमा २५ प्रतिशत छुट दिने नीति लिइने भएको छ । त्यस्तै छोराछोरी समान हुन भनी छोरा छोरीलाई समान अंश दिने बुवा आमालाई विशेष कार्यक्रमका सम्मान गरिने भएको छ ।

पूर्ण अपांगता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य बिम ागर्ने नीतिलाई प्रथामिकता दिइने भएको छ । नयाँ बाटोको ट्रयाक खोल्नु अघि पूर्वाधार विकास समितिको स्थलगत अनुगमन गराई सिफारिस लिनुपर्ने व्यवस्था मिलाउने भएको छ ।

गाउँपालिकाको प्रशासनिक भवन र १५ शैया अस्पताल निर्माणको कामलाई सम्पन्न गर्ने कार्यालाई  तिव्रता दिइने भएको छ । गाउँपालिकाले यी लगायत आफनो सेवाप्रवाहलाई पनि थप समयअनुकुल सेवाप्रवाहमा छिटो छरितो ढंगले सम्पन्न गर्न बिभिन्न नीति बनाएको छ ।

पालिकाको कार्यालय परिसरमा नागरिक सहायता कक्षाबाट नागरिकका समस्या र कामलाई सहजीकरण गर्न अझै वढि ध्यान लिने भएको छ । गाउँ सभामा गाउँपालिका अध्यक्ष केसीले सुशासन तथा विकास समिति गठन तथा सञ्चालन कार्यविधि २०८०, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०८०, चन्द्रकोट गाउँपालिकाको पूर्वधार विकास व्यवस्थापन विधेक २०८० सभामा प्रस्तुत गरिएको थियो ।

गाउँसभामा नीति तथा कार्यक्रममा उठेका जिज्ञान तथा सुझावहरुको बारेमा अध्यक्ष केसीले जवाफ समेत दिएका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।