बिमल भटराई
नवलपरासी । महेशपुर भन्सार छोटीबाट स्तरउन्नती भई मुल भन्सारमा परिणत भएको ३ बर्ष वितिसक्यो तरपनि अझै भन्सारलाई आवश्यक जग्गा अधिग्रहण, बाटोघाटाको विस्तार, गोदाम, मालबाहक गाडी पार्किङ्ग, भवन, प्लान्ट क्वारेन्टाईन चेकपोष्ट जस्ता मुख्य कार्यहरुमा सरकारले ध्यान नदिँदा भन्सारमा व्यपारीहरुको चाप र कारोबार बढन् सकेन् ।
महेसपुर भन्सार मुल भन्सार भएको ३ बर्ष वितिसक्दा पनि गति लिन सकेको छैन । भन्सारको भौतिक पुर्वाधार विकास र प्लान्ट क्वारेन्टाईनको व्यवस्थापन नहुँदा भन्सारमा व्यपारीहरुको चाप बढन सकेन् । व्यपारीहरु मालसमानको ठुलामात्रामा निकासी पैठारी गर्न खोज्दा बाटोघाटो विस्तार र पार्किङ्ग जस्तो पुर्वाधारको अभावमा उक्त नाकाबाट कारोबार गर्न सकेका छैन । त्यस्तै भन्सारमा प्लान्ट क्वारेन्टाईको व्यवस्थापन पनि नहुँदा फलफुल र तरकारी जस्ता स–साना कारोबारहरु पनि यस नाकाबाट गर्न निकै झन्झट भैरहेको व्यवसायीहरु गुनासो गर्दछन् ।
महेसपुर भन्सारलाई मुल भन्सारको रुपमा कार्यान्वयनमा ल्याउन राज्यले कर्मचारी दरबन्दि, आवश्यक जग्गा अधिग्रहण, भौतिक संरचनाहरुको निर्माण, गोदामको निर्माण, प्लान्ट क्वारेन्टाईन चेकपोष्ठको व्यवस्थापन र बाटो घाटोको उचित व्यवस्था जस्ता मुख्य कार्यहरु गर्नु पर्ने आवश्यक्ता देखिएको छ र यता तर्फ सम्बन्धित निकायको ध्यान नपुग्दा व्यपारीहरु सुविधा खोज्दै जिल्लाकै मुल नाका छोडी भैरहवाँ भन्सार धाउने कार्यले महेसपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले बताउनु भयो ।
यता महेशपुर नाका मुल नाका भएपनि सिमा पारीको नाका ठुठीबारी कस्टम सानो नाका रहेको र ठुठीबारी बजारको बाटो पनि साँगुरो भएकाले मालसमानको निकासी÷पैठारी ढिलो हुने, भन्सारमा एक्जिम कोर्ड, भन्सार कोडको व्यवस्था पनि नहुने र आवश्यक पुर्वाधारको विकास नभएका कारणले पनि व्यवपारीहरु यस भन्सारमा आउन झन्झट मान्ने गरका छन् ।
एका त कारोबार गर्नको लागि भन्सारले एक्जिम र भन्सार कोर्डको व्यवस्था नमिलाउने अर्को तर्फ मालसमानको क्वारेन्टाइन, विषादी परिक्षण, गुणस्तर परिक्षण जस्ता कार्यका लागि भैरहवाँ नै दौडधुप गर्नुपर्ने कार्यले व्यपारीहरु यो नाका छोडने गरेको पाईन्छ । केहि व्यपारीहरुले कारोबार गरेपनि महेसपुर भन्सारको न्युनतम सुविधा र भारतीय बाटो र कस्टमको समस्याले मालसमान झिकाउन २ देखि ३ दिनसम्म लाग्ने गर्दा मालसमानको भाडा पनि बढने र स्थानियहरुको अनावश्यक तनाव पनि बोक्नु पर्ने समस्या रहेको उद्योगी ओम प्रकाश अग्रहरीले जानकारी दिनु भयो ।
यता तर्फ नत्र जिल्लाका नेताहरुको ध्यान पुगेको छ नत्र उद्योग बाणिज्य संघ जस्ता व्यपारी संस्थाहरुकै ध्यान पुगेको छ । भन्सारमा यतिबेला खाद्यान्न, भुष, चिनी र केहि कास्मेटिक आईटमहरुको फाटफुट भन्सार हुदै आएको छ । कुनैदिन भन्सारमा मालैसमान नभएर यतिकै बसेर दिन बिताउनु पर्ने बाध्यता रहेको भन्सारका कर्मचारी बताउछन् । भन्सारको अण्डरमा ३ वटा छोटी भन्सार पनि रहेको छ तर ति छोटी भन्सारहरु बन्द अवस्थामा छन ।
जिल्ला खुल्ला सिमाना भएका कारण तस्करी पनि व्यापक हुदै आएको छ । तस्करी नियन्त्रणमा नत्र भन्सारले नै चाँसो देखाएको छ नत्र प्रहरीनै चाँसो देखाएको छ । तस्करहरु दिनदहाडै तस्करी गर्न पाएपछि किन भन्सारमा राजस्व तिर्न आउलान र रु । व्यापक तस्करीले पनि राजस्वमा गिरावट आएको पाईन्छ । भन्सारले गत आर्थिक बर्षमा २७ करोड ३० लाख रुपैया राजस्व उठाएको छ जु मुल नाकाका तुल्नामा २÷३ दिनमा उठने राजस्व हो । करिब २ कठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचको कक्ष, काउटर, क्वारेन्टाईनहरु जस्ता महत्वपुर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ ।
सम्बन्धित