श्रावण १३, २०७९
श्रावण १४ । लोकदोहोरी गायक घनश्याम खत्रीसहितको समूहले नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी ‘नाच बरिलै’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा घनश्याम सहित देबी बस्नेत,राजन बस्नेत ,स्मारिका खत्रीका साथै कोेरस गायनमा प्रेमा राना र रुपी सिंजाली समेतको आवाज रहेको छ। गीतमा खत्रीकै सँगीत तथा शब्द, खेमराज गौतमको एरेन्ज,मिक्स तथा मास्टरिङ्ममा कुमार राना रहेका छन् । अभिनय अर्जुन सापकोटा, भुवन बिक, सुस्मिता खत्री र सरिता घलेको रहेको छ । यो गीतलाई मदन खड्काले निर्देशन गरेका हुन् भने घनश्याम खत्री युटुब च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ । गुल्मेली गायिका स्मारिका खत्रीले विगतका बर्षका समेत तिज गीतमा स्वर दिएकी छिन ।
हेरौ सोही गीतको पूरा भिडियो ।