गुल्मीको ठूलो लुम्पेकमा कफी प्रशोधन सुरु

0 352

प्रेम सुनार २४ भाद्र २०७९

गुल्मी । गुल्मीको ठूलो लुम्पेक गाउँ गत केहि वर्ष यता अल्लो वनस्पतिद्वारा स्थानीय स्तरमै निर्मित कपडा उद्योगको गाउँका रुपमा चिनिदै आई रहेको बेला अब त्यहाँ अर्को उद्योगका रुपमा कफी उद्योग पनि सञ्चालनमा आएको छ ।

हालको सत्यवती गाउँपालिका–३ , साविक ठूलो लुम्पेक गाविस वडा नम्वर(१ को घारडाँडागाउँमा कफी भण्डारण तथा प्रशोधन उद्योगको भवन र मेशिनहरु समेत सरकारी निकायबाट बिहीबार हस्तान्तरण भएपछि त्यो गाउँमा कफी उद्योग समेत सञ्चालनमा आएको हो । कफी भण्डारण तथा प्रशोधन उद्योग सञ्चालन गर्ने भवन र मेशिनहरु बिहीबार एक समारोहकाबीच जिल्ला समन्व्य समितिका प्रमुख द्रोणबहादुर खत्रीले समुदायलाई हस्तान्तरण गरेका थिए ।

ad

ठूलो लुम्पेकमा कफी खेतीको अवस्था बारे जानकारी दिँदै जिल्ला समन्व्य समितिकी सदस्य तथा ठूलो लुम्पेकमा त्यस खेतीका संस्थापक अभियान्ता मध्येकी एक नरमाया रानाले भनिन् ‘२०५८ सालमा यहाँका समाजसेवी जीवन राना लगायतका अगुवाहरुले हाम्रो गाउँको हावा पानी माटोमा पनि कफी खेती भई हाल्छ कि भनेर परिक्षणका रुपमा सुरु गर्नु भएको थियो । त्यसपछि २०७२ सालमा साविक कृषि विकास कार्यालयमा श्री मिश्रीत कफी उपादक कृषक समुह नै गठन गरेर ब्यवसायीक रुपमा कफी खेती सुरु गरेका हौं ,आज यो अवस्थामा आईएला भनेर कल्पना नै गरिएको थिएन, अहिले गाउँमै कफी भण्डारण र प्रशोधन गर्ने मेशिन सहितको भवन बनेकोमा हामी निकै हर्षित र कफी खेतीमा थप उत्साहित भएका छौं । ’

साविक ठूलो लुम्पेक गाविस छँदा क्रियाशिल राष्ट्रिय जनमोर्चाले उत्पादनमा आधारित संगठन निर्माणका क्रममा २०५८ सालमा स्थानीय नेताहरु टिका राना , प्रगति राना , टोपीराम राना जिवन रानाले साविक वडा नम्वर १ को घारडाँडा र यता वडा नम्बर७ मा डोकोमा बोकेर कफीका बोटहरु लगाएको स्मरण गर्दै ठूलो लुम्पेककी अर्की अगुवा समाजसेवी तेजकुमारी थापाले पनि अहिले उद्योगका रुपमा कफी खेती विकास भएको प्रति खुशी ब्यक्त गरिन् ।

कफी प्रशोधन उद्योग भवन र मेशिनहरु समुदायलाई हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख खत्रीले गुल्मी जिल्ला देशभर कफी उत्पादनको उद्गम थलोका रुपमा पहिचान बनाई रहेको बेला ठूलो लुम्पेक जस्तो विकट गाउँमा पनि कफी उत्पादनले उद्योगको रुपम लिन सुरु गरेको प्रति खुशी ब्यक्त गरे ।

उत्पादन गर्न गाह्रो हुने भए पनि निरन्तर ठुलोलुम्पकको महिलाहरुको प्रयासले कफी उत्पादन र त्यहाँको अल्लो बनस्पतिद्धारा सुरु गरिएको कपडा उद्योगले ठुलोलुम्पेवासी समृद्धिको यात्रामा लम्कीन सक्ने भएकोले थप उर्जाशिल हुन आग्रह गरेका थिए । स्थानीय तह, प्रदेश र संघिय कार्यालयले एकै प्रकृतिका कार्यक्रम गर्दा डुब्लिकेशनको संभावना हुने भएकाले समन्वय गरेर काम गर्न खत्रीले कृषक समुहलाई सुझाएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई गुल्मीका प्रमुख श्रीकृष्ण न्यौपानेले ठूलो लुम्पेक मौसम र वातावरणीय हिसाबले कफीको लागि उपयुक्त भएकाले ढुक्क भएर कफीको क्षेत्रमा काम गर्न स्थानीयलाई आग्रह गरे ।

उनकाअनुसार कुल २३ लाख ५३ हजार तीन सय १६ रुपैयाँ लागतमा कफी भण्डारण तथा प्रशोधन उद्योगको भवन निर्माण सम्पन्न भएको हो । जस मध्ये कार्यालयको २० लाख र समुहको १५ प्रतिशत लगानी रहेको थियो । त्यस्तै कार्यन्वयन एकाई परियोजनाले कफी समुहलाई ६ लाख ९० हजार मुल्य बराबरको एक थान हलर मेसिन , ५३ हजार पाँच सय पचास मुल्य बराबरको कफी पल्पर मेसिन र पाउच सिल प्याक मेशिन समेत समुहलाई प्रदान गएिको छ ।

सो कार्यालय प्रमुख न्यौपानेले साविक जिल्ला कृषि विकास कार्यालयले थोरै थोरै मात्रमा कार्यक्रमहरु कनिका छरे झै छर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उद्देश्य नरहेको र स्वयम आफूले पनि कफीको उद्गम थलो गुल्मीमा केहि गरेर देखाउँ भन्ने उद्देश्य राखेर ठु्लोलुम्पकलाई कफी खेतीको उद्योगका रुपमा विकास गर्न भुमिका खेलीको बताए । उनले साविक ठुलोलुम्पके गाविस –५ को गेझा कुटडाँडामा १० हजार कफीका विरुवा रोपेको र त्यस प्रशोधन उद्योग भवन रहेको स्थान घारडाँडामा पनि ठूलो परिमाणमा कफी खेतीको विस्तार गरिएको बताए ।

न्यौपानेले इच्छाशक्ति, कफि रोप्ने र क्षेत्रफल बिस्तार गरे कफीबाट सोचेभन्दा राम्रो आम्दानी गर्न सकिने बताए । उनले बिउ, मल, प्र्रविधि र संरचना निर्माणमा सहयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संगै थुुप्रै निकाय भएकाले कफीमय ठूलो लुम्पेक बनाउन स्थानीय समुहलाई आग्रह गरे । सत्यवति गाउँपालिका–३ का वडाध्यक्ष जित बहादुर तरामुले कफी सहित अल्लोबाट बन्ने कपडा उद्योग सहित दुई वटा उद्योग ठुलोलुम्पकमा े सञ्चालनमा आएका र टमाटरबाट सस उद्योग पनि सञ्चालन गर्ने तयारी गरिरहेको पनि बताए ।

उनले सत्यवती गाउँपालिकामा विकास निर्माण पनि रोजगारमा आधारित बनाईएको , तरकारी, पशुपन्छि पालनबाट अन्ण् गाउँको तुलनामा युवाहरुले गाउँ छाड्ने क्रम पनि निकै रोकिएको बताए । उनले सरकारी निकायले ग्रामिण अर्थतन्त्रमा जोड नदिएसम्म गाउँवासीको समृद्धि नहुने धारणा राखे ।

जिल्ला समन्व्य समितिकी सदस्य नरमाया रानाकाअनुसार त्यस गाउँमा करिव डेढ सय रोपनी क्षेत्रफलमा १५ हजार कफी रहेका छन् । ती मध्ये धेरैले आम्दानी दिन थालेका छन् । ६० घरधुरीका सयौं महिलाहरुले एक सिजनमा न्युनतम १५ हजार देखि २ लाखा भन्दा बढि रकम आम्दानी लिन थालेका छन् ।

कार्यक्रममा समन्वय प्रमुख खत्रीसहित उपप्रमुख तेजेन्द्र सलामी, जिल्ला समन्व्य समिति सदस्य सुनिता जिसी, नरमाया थापा, वडाध्यक्ष जित बहादुर तरामु, कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख छविन्द्र बेलबासे, सत्यवति गाउँपालिका कृषि अधिकृत उपकार भण्डारी, तेज कुमारी थापा लगायतले आफ्नो भनाई राखेका थिए । कफी प्रशोधन भवन निर्माणको लागि स्थानीय जित बहादुर राना, इश्वरी राना र दुर्गा बहादुर सिंजालीले जग्गा उपलब्ध गराएको प्रति कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख खत्रीले धन्यवाद दिदै सम्मान प्रकट गरेका थिए ।

समुहका कार्यवाहक अध्यक्ष सरोज रानाका अनुसार सम्पन्न भई पुच्छ्र्यौट गर्न जाने तयारीमा रहेको बेला उक्त भवन असार १२ गते अविरल बर्षाका कारण माथीबाट आएको पहिरोले क्षतिग्रस्त हुँदा स्थानीयवासीले सोही स्थानमा पाल टाँगेर पुनरनिर्माणमा जुटेका थिए ।

कार्यक्रम संयोजन गरिरहेका नेत्र राना भन्छन् – त्यसै त भिर पहिरो पीडित हामी यस गाउँवासी थप डुबिने भयौं भन्ने पिर चिन्तामा थियौं तर परियोजना एकाई कार्यालयका श्रीकृष्ण सरले ठूलो हौसला दिदा आज यो खुशीो क्षणमा आई पुगेका हौं ।’ त्यो सम्झेर उनै ठूलो लुम्पककी कफी खेती अभियान्ता नरमाया राना कार्यक्रम स्थलमै रोएकी थिइन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।