0 119

गुल्मीदरवारको सेवा घरदैलोमै

गुल्मीको गुल्मीदरवार गाउंपालिकाले नागरिकको घरदैलोमा पुगेर सेवा दिन सुरु गरेको छ । जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षा भक्ता घरदैलौमा पु¥याएको पालिकाका अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो ।

वडा नम्बर पांचमा शाईन रेसुङ्गा बैंकको समन्वयमा घरमै पुगेर सामाजिक सुरक्षा भक्ता प्रदान गरिएको अध्यक्ष थापाको भनाई छ । अन्य वडामा पनि पालिकाले टोल टोलबाट सुरक्षा भक्ता बुझ््ने व्यवस्था गरेको छ । अध्यक्ष थापाले पालिका भित्रका करिव ८० प्रतिशत उपभोक्ताको न्युनतम विद्युत महसुल भुक्तानी गर्ने गरिएको जानकारी गराउनुभयो ।

ad

पालिकाकै सबै वडाका जेष्ठ नागरिकलाई घरमै पुगेर समय समयमा स्वास्थ्य परीक्षण गर्ने गरिएको पालिकाका उपाध्यक्ष तारा थापा ढेंगाले बताउनुभयो । गुल्मीदरवारमा पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भवतीलाई बच्चा जन्माउन अप्ठ्यारो परेमा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था छ ।

गाउं कार्यपालिकाको पहिलो बैठकले गाउंपालिकाका स्वास्थ्य संस्थाबाट प्रशुती लिने क्रममा रिफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तम्घास मात्र नभएर आवश्यकताको आधारमा जिल्ला बाहिर समेत निःशुल्क एम्बुलेन्स सेवाको घोषणा गरेको थियो ।

निःशुल्क सेवा लिनको लागि गुल्मीदरबार गाउंपालिका भित्रको नागरिक हुनुपर्ने शर्त रहेको छ । पालिकाको एम्बुलेन्सबाट मात्र नभएर आवश्यकताको आधारमा अन्य एम्बुलेन्सबाट सेवा लिई नागरिकता र रसिदको आधारमा भुक्तानी दिइने व्यवस्था गरिएको छ । गुल्मीदरवार स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या ४६ जना रहेका छन् ।

चालु आर्थिक वर्षमा एक हजार एक सय ५६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै पालिकाको वडा नं। ५, ६ र ७ का ५० वटा कुकुरमा रेविज विरुद्धको खोप लगाइएको छ ।

पालिकाको सेवा वडामै

गुल्मीदरवार गाउपालिकाले पालिकाबाट प्रदान गरिने सेवा वडामै पुगेर प्रदान गरेको छ । पालिकाले सात वटै वडामा पुस ८ देखि १४ सम्म एकीकृत घुम्ती सेवा संचालन गरी आठ प्रकारमा सेवा प्रदान गरेको छ । २०७७ साल पुसबाट सुरु गरिएको घुम्ती सेवामा यस अघि व्यवसाय नविकरण, दर्ता र योजना सम्झौता गरिएकोमा हाल सेवा थप भएको हो ।

घुम्ती सेवामा योजना सम्झौता, उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण, व्यवसाय दर्ता र नविकरण, कृषकको माटो परीक्षण, पशुपन्छी औषधी वितरण तथा परामर्श, जेष्ठ नागरिक परिचय पत्र वितरण र स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको छ ।

योजना सम्झौता गर्दा आवश्यक कागजात जुटाउन समस्या परेको गुनासोको आधारमा वडामै गएर योजना सम्झौता गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउनुभयो । सात वटा वडामा एक सय १८ योजनाको सम्झौता भएको छ । चैत मसान्त भित्र योजना पुरा गर्ने गरी सम्झौता गरिएको पालिकाका अध्यक्ष थापाले जानकारी गराउनुभयो ।

उपभोक्ता समितिका पदाधिकारीलाई योजना सम्बन्धी माइन्युट बुक भर्ने तरिका, समिति गठन, संचालन, काम कर्तव्य र अधिकार, अनुगमन निरीक्षण तथा मुल्यांकन, समितिले पालना गर्नुपर्ने कानुनी प्राबधान योजनाको लागत अनुमान र मुल्यांकन कसरी गर्ने र रकम भुक्तानीको वारेमा जानकारी गराइएको थियो ।

त्यस्तै कृषकको उत्पादन वृद्धि गर्न माटो परीक्षण गरिएको छ । सात वटा वडामा दुई सय ७७ जना कृषकले माटो परीक्षण गराएका थिए । कृषकले माटो परीक्षणमा उत्साहजनक सहभागिता जनाएका पालिकाका उपाध्यक्ष ढेंगाले जानकारी गराउनुभयो । माटो परीक्षण वडा नं। ३ मा स्थलगत र अन्य वडामा संकलन गरिएको नमुना पांच प्रकारको नतिजा अर्गानिक कार्बन, फोस्फोरस, पोटासियम, पि।एच भ्यालु र नाईट्रोजन वारेमा जानकारी गराईने बताइएको छ ।

पशुपन्छीलाई विभिन्न रोग विरुद्ध दिईने औषधि तथा परामर्श आठ सय सात जनाले लिएका थिए । पशुजन्य रोगमा जुका माटेको औषधी सहित १४ प्रकारमा औषधी वितरण गरिएको थियो ।

पांच सय ९६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । सात सय १६ जनालाई स्वास्थ्य परीक्षण तथा औषधीवितरण गरिएको थियो । सेवा लिन आएका व्यक्तिको समस्याको आधारमा आगामी दिनमा विशेषज्ञ सेवा समेत दिइने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी गराउनुभयो । दश वटा नयां व्यवसाय दर्ता हुदा एक सय ७७ वटाको नविकरण गरिएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।