फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न

0 277

अजय खड्का
माघ २४, काठमाडौ ।
फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न भएको छ । आइतबार  गोदबारीमा उक्त गितको छायाँकन गरिएको थियो । लाइफ मिडियाका कार्यकारी प्रमुख आशिष रिजालको छायांकनमा भएको म्युजिक भिडियोको निर्देशन अरुन लिम्बु र कारियोग्राफ सामुयल लामाले गर्नुभएको छ । 
यस म्युजिक भिडियोमा चर्चित मोडल तथा  नायिका रस्मिला तामाङ र चर्चित डान्सर शुनिल घतानीको दमदार अभिनय तथा नृत्य देख्न सकिनेछ, भने एदेन होस्टेल लगाएत अन्य विद्यार्थीहरुको कोरस नृत्य यस भिडियो समावेश गरिएको छ ।पुष्पा तामाङको शब्द र राजिव लामाको संगीत रहेको यस गीतमा चर्चित गायिका मेलिना राई र नव उदयमान गायक राजिव लामाले स्वर दिएका छन् । नेपाली लोक संस्कृती झल्किने टिपिकल लोक लयमा आधारित यस गीतद्धारा येशुख्रीष्ट यस संसारमा पापिहरुलाई उद्धार गर्न साथै हामिहरुलाइ अनन्तको जिवन दिन आउनुभयो यसकारण समय छदै येशुमा विश्वास गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको  यस म्युजिक भिडियोका निर्माता दानियल वाइबाले बताउनुभयो । साथै सह निर्माता एज्रा तामाङले यस गितमा सु–समचारीय शब्दहरु र त्यस माथि पनि झ्याउरे भाकामा रहेको कारण मनोरञ्जनात्मक रुपमा पनि सुन्न र हेर्न लाएकको हुने बताउनुभयो ।
कृपा इन्टरटेनमेण्टको पहिलो गीतिएल्बम ‘फुलबुट्टे चोलि सजिएर’ को बजार ब्यावस्थापन एदेन मल्टिप्रपोज मार्फत हुने सह निर्माता तामाङको भनाइ छ । उक्त गितको म्युजिक भिडियो साल्भेसन टिभि युट्युब च्यानल मार्फत अबको केही साताभित्र सार्वजनिक हुने छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।