गुल्मीमा लघुवित्तीय संस्थाहरु बिरुद्ध उत्रिए महिला

0 145

अनिल खत्री फागुन १८ गुल्मी
शहर बजारदेखि गाउँगाउँसम्म फैलिएका लघुवित्तीय संस्थाहरुले महिलाहरुलाई उत्पादन र आत्मनिर्भर बन्न सिकाउनु पर्ने हो । तर पछिल्लो समयमा गुल्मी जिल्लाका बिभिन्न स्थानिय तहकम फैलिएका लघुवित्तीय संस्थाहरुले महिलाहरुको घरबास नै उठिबास लगाउन थालेका छन । जसका कारण पिडितहरु आन्दोलीत भएका छन् ।

लघुवित्तीय संस्थाहरु कै कारण महिलाहरुले घर छोडेर बेपत्ता हुने समस्या बढेको छ । उद्यमशिलता नाममा लघुवित्त संस्थाले मनोमानी दिएकोे ऋणको मासिक किस्ता तिर्न नसक्दा महिलाहरु गाउँघर नै छोड्न बाध्य छन् । लघुबित्तिय संस्थाहरुको विरुद्धमा गुल्मीमा प्रर्दश गरेका छन् । लघुबित्तिय संस्था विरुद्धको केन्द्रिय संघर्ष समितिले गुल्मी जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गरेका हुन् । सामुहिक ऋण मिनाहा गर, निशुल्क ऋण प्रदान गर, लघुवित्तिय खारेज गर, काम र दामको व्यवस्था गर लगायतका नाराबाजी सहित लघुबित्तिय संस्थाहरुका पिडित महिलाहरु प्रशासन अगाडी प्रर्दशन गरेका हुन् ।

अहिले ल्याएको ऋण निर्त नसक्दा ग्रामीण वस्तीका महिलाहरु गाउँघर नै छोड्न बाध्य बनाएको महिलाहरुको भनाई छ ।
गुल्मी जिल्लामा २८ वटा लघुबित्तिय संस्थाले जिल्ला भर ऋण प्रवाह गरेको लघुबित्तिय संस्था विरुद्धको केन्द्रिय संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताउनु भयो । एक व्यक्तिले ५ वटादेखि २० वटासम्मका लघुबित्तिय संस्थाबाट ऋण लिने गरेको पाइएको छ । लघुबित्तिय संस्थाहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्नु र नाफा कमाउनुमा केन्द्रित भइ सदस्यहरुलाई ऋणमको भारी बोकाउने गरेकाले यसको बिरुद्धमा संघर्ष गरिएको ज्ञवालीले बताउनु भयो ।

ad

वित्तिय संस्थाले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित रुपमा बचत गर्दै आएको छ । उद्यमशिलताको विकास संगै आयआर्जन कार्यक्रम संचालन गर्ने उदेश्य बोकेर गाउँका कुना कन्दारा पुगेर चर्को ब्याज असुल्दै आएको महिलाहरुको आरोप छ । संस्थाले सदस्यको कम आयस्तर भएका नागरिकलाई स्रोत बिनानै जथभावी आफ्नो संस्थाको कारोवार बढाउन ऋण दिदैँ आएका हुन् । गाउँमा बित्तिय संस्थाले महिला माथी गर्दै आएको ज्यादतीका कारण उद्यमी बन्नुको सट्टा भएको सम्पती छाडेर गाउँनै छाड्ने परिस्थीति नै सिर्जना बनाएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।