नेपाली इसाई जगतमै पहिलो टेलिसिरियल दर्शन प्रशारण हुदै

0 960

अजय खड्का
असार १८, काठमाण्डौं ।

नेपाली ख्रिष्टियन टेलिसिरियल दर्शन प्रशारण शुरु हुने भएको छ ।
नेपालली इसाई जगतमै पहिलो पटक यसरि टेलिसिरियल प्रशारण हुन लागेको निर्माता दानियल वाइबाले बताउनुभयो । “नेपालमा विभिन्न विधाका इसाई गित लगाएत चलचित्रहरु धेरै बनिसकेका छन्, तर मैले अध्ययन गरे अनुुसार अहिले निर्माण हुन लागेको टेलिसिरियल नेपाली ख्रिष्टियन इतिहासमा पहिलो हो”– निर्माता वाइबाले भन्नुभयो ।

यो टेलिसिरियल विशेष गरि येशु ख्रीष्टको सु–समचारमा आधारीत रहेको र सङसङै  स्वस्थ्य मण्डली कसरी हुन सक्छन भन्ने कुरा टेलिसिरियल मार्फत दर्साइएको अर्का निर्माता एज्रा वाइबाले बताउनुभयो । “मानिसहरुलाई येशुको बारेमा सुनाउने थुप्रै पाटाहरु छन् । पछिल्लो समय युट्युब लागाएतका सामाजिक संजालको प्रयोग गर्नेहरुको संख्या दिन प्रतिदिन वढ्दो छ र त्यसमा पनि विभिन्न टेलिसिरियलहरुले आम मनिसहरुको ध्यान तानिरहेको सन्धर्वमा यस्तो खालको टेलिसिरियल प्रशारण गर्न लागेका हौँ”– निर्माता एज्रा वाइबाले भन्नुभयो ।

ad


पास्टर रामचन्द्र सुवेदीको निर्देशनमा निर्माण भैरहेको दर्शन टेलिसिरियलको कथा लेखन कार्य रोशन सेवकले गर्नुभएको छ । सिरियलमा रोशन सेवक,रामचन्द्र सुवेदी,प्रभा राना,श्याम राई,रुपा थापा,गिता कार्की,सावित्रा राई,आरीश तामाङ,सुरेश तामाङ लगाएतको मुख्य भुमिका रहेको छ ।

निर्माता एज्रा वाइबाको अनुसार टेलिसिरियलको ट्रेलर सालभेसन टेलिभिजन नामक युट्युबमा सार्वजनिक भैसकेको र आगामी बिहिबार देखी भाग–भाग गरि सार्वजनिक गरिने वाइबाले जानकारी दिनुभयो । सिरियल प्रत्येक महिनाको २ पटक प्रशारण हुने छ ।

भिडियो ट्रेलर लिङ्क

https://youtu.be/3qg5GtdD3ts

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।