सूर्य सुनार असार ३१, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मी कृषकहरुको साहारा बन्दै गएको छ । पछिल्लो समय युवाहरु रोजगारीको लागि विदेश जानेको संख्या बढ्दै गइरहेको वेला कृषि ज्ञान केन्द्र गुल्मीले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै आएको छ ।
रोजगारी, बसाई सराईले गर्दा दिनहुँ गाउँ छोड्नेहरुको संख्या वृद्धि भइरहेको वेला कृषि ज्ञान केन्द्र गुल्मीले विभिन्न प्रकारका कार्यक्रम कृषक माज पुयाएको छ । जसले गर्दा पछिल्लो समय विदेश गएर आएका युवाहरुले गाउँका बाँझो जमिन कृषिले हरावरा गराएका छन् त, कतै गराउँदै छन् ।
त्यस्तै कृषि ज्ञान केन्द्र गुल्मीको प्राविधिक सहयोगमा छत्रकोट गाउँपालिका ४ दिगाम गाउँका ३६ वर्षीय युवा चिरञ्जिवी पन्थले बसाई सराईबाट अन्य ठाउँमा गएका छिमेकीको २० रोपनी जग्गा भाडामा लिई यस वर्ष ६ रोपनीमा मल्चिङ प्रविधिमा आधारित बेमौसमी तरकारी फुलगोभी र बन्दागोभी लगाएका छन । कोडिभले गाउँ फर्किएका पन्थले ८५ सय गोभी लागएका छन् । त्यो बाहेक दैनिक २५ लिटर दुध बिक्री र व्याबसायिक कुखुरा पालन समेत गरेका छन् ।
सरकारले कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी गर्ने हो भने कृषक आफै जगरुप हुने कृषक पन्थको भनाइ छ । बजारको समस्याले गर्दा धेरै कृषकहरु मारमा परेको हुँदा त्यस तर्फ सम्बन्धीत निकायको ध्यान जानुपर्ने बताउँछन् । विदेशबाट आएपछि कृषि गर्न थाले विस्तारै कृषि ज्ञान केन्द्र संग जोड्नि पुगे । त्यस पछि आफूलाई झन काम गर्न उत्साहित भएको बताए पन्थको भनाइ । जसको कारणले आज यो अवस्थामा पुयाएको बताए ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले श्रृङ्गा देखी दिगामको गाउँलाई कागती र सुन्तलाको माध्यमबाट नमूना गाउँ भनेर चिनाउने गरी काम गरेको बताए । पछिल्लो समय विदेशबाट गाउँ फर्केका युवाहरु विस्तारै कृषि पेशा तर्फ आकर्षण बढिरहेको हुँदा त्यसमा कृषि ज्ञान केन्दले सहयोग गरेको बताए । पछिल्लो समय कृषि ज्ञान केन्द्र गुल्मीले चक्लाबन्दी कार्यक्रमबाट पनि धेरै बाँझो जग्गाको सदुपयोग गरेको बताए ।
गाउँमा धेरै बर्ष देखी बाँझो रहेको जग्गामा कागती र सुन्तलाका बिरुवाहरुले गाउँलाई हरावरा गराउदै गएको कृषि ज्ञान केन्द्र गुल्मी प्रमुख भण्डारीको भनाइ छ
। माटो ब्यवस्थापन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र गुल्मीले २० लाख ३ हजार ४ सय ९२ रुपैयाँ अनुदानमा खर्च भएको छ । १६ वटा भकोरो सुधार, छानो सहितको मल्खाद ९ वटा, भर्मिकम्पोष्ट पिट १, कम्पोष्ट पिट २, मलखाद पिट १२ रहेका छन् । जसमा ८५ प्रतिशत कृषि ज्ञान केन्द्र र १५ प्रतिशत समूहको लगानीमा कार्यक्रम सम्पन्न भएका छन् ।
त्यस्तै निःशुल्क १० मेटन जैविक मल वितरण, १३.५ मेट्रिक टन कृषि चुन, माटो परिक्षण शिविर तालिम दिएको छ ।
सम्बन्धित