मेरै दलका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं – प्रधानमन्त्री प्रचण्ड

0 93

१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई भनेको बताएका हुन् ।

‘मेरै दलभित्र पनि ज–जसको नाम आएको छ उहाँहरुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु,’ प्रचण्डलाई उद्धृत गर्दै कांग्रेस नेता मधु आचार्यले भने ।

ad

सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएको छ । प्रधानमन्त्रीले उनको पनि बयान लिनुपर्ने बताएका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।