गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवा बिस्तार

0 1,088

अनिल खत्री
१३ माघ, गुल्मी । गुल्मी अस्पताल मृगौला पिडितहरुका लागि हेमोडायलाईसिस सेवा बिस्तार भएको छ । सेवाको शनिवार लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री राजु खनालले सेवा शुभारम्भ गरेका हुन् ।
सेवा शुभारम्भसँगै मृृगौला पिडितका बिरामीहरुलाई सहज हुने भएको छ । डायलाईसिस सेवा नहुँदा यहाँका बिरामीहरुले अनेत्र गएर सेवा लिनुपर्ने अवस्था रहेको थियो ।
हेमोडायलाईसिस सेवा शुभारम्भ जिल्लाबाट पहिलो सेवाग्रही देविराम खनालले सेवा लिन आएका छन् । जिल्लामै सेवा पाउदा निके खुसी लागेको उनले बताए ।


आफु जस्ता धेरै बिरामी उपचारको लागि घरमा ताल्चा लगाएर अनेत्र जानुपर्ने अवस्था रहेको खनालले बताए । यो सेवा जिल्लामै हुनुले आफनो १० प्रतिशत रोग आफै निको भए जस्तो लागेको उनले बताए ।
सेवा बिस्तारसँगै बिशेषज्ञ डक्टर पनि राखेर यसलाई निरन्तर लैजनुपर्नेमा सुझाव दिए ।  जिल्ला अस्पतालमा यो सेवा नहुँदा यहाँका बिरामीहरुले अनेत्र गएर सेवा लिनुपर्ने अवस्था रहेको थियो ।
सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री राजु खनालले आर्थिक अभावमा स्वास्थ्य सेवा थप स्तरीय बनाउनुपर्ने चुनौती रहेको बताए । उनले प्राविधिक डक्टरको कमी रहेका बताउदै बिशेषज्ञ डक्टरको लागि समस्या भएकाले  मागबमोजिम परिपुर्ति नसकिएको बताए ।


लुम्बिनी प्रदेशमा सिमित मात्रामा मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा दिने अस्पताल रहेको बताए । उनले अब केहि दिनमै प्रदेश ६ वटा अस्पतालमा हेमोडायलाईसिस सेवा बिस्तार गर्न लागेको बताए ।
पहाडी जिल्लामा डक्टर टिकाउनै मुस्किल छ उनले भने,‘थप सुविधा दिनुपर्ने बाध्यता छ’ । तर पनि बिरामीलाई सहज सेवा दिन प्रयत्नशील छौं मन्त्री खानलले भने, ‘भौतिक संरचनालाई सम्पन्न गर्ने, बिज्ञ टिम बनाएर जिल्ला जिल्लामा समस्या र चुनौतीको अध्ययन गर्ने योजना बनाएका छौं ।’
क्रमिक रुपमा अस्पताल सुधार गर्दै गएको बताउदै सेवासुविधालाई निरन्तरता दिने मन्त्री खनालले बताए । यस गुल्मी अस्पतालमा हाडजोर्नीमा धेरै सुधार भएको छ उनले भने,‘आवश्यक उपकरण पनि सहयोग गर्नेछौं ।’
लुम्बिनी प्रदेश सरकारले मधुमेह, प्रेसर रोगका बिरामीलाई सचेतना कार्यक्रम संचालन गर्ने उनले बताए । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य स्वंमसेविकलाई ५० हजार सहित ससम्मान विदाई गर्ने कार्यक्रम ल्याएको मन्त्री खनालले बताए ।

ad


गुल्मी अस्पतालमा डायलाइसिस सेवा दिन थालेसँगै अहिले १६ जना बिरामीहरु नाम दर्ता गरेको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताए । जिल्लामा हालकै अवस्थामा दुई सिफ्टमा सेवा सञ्चालन गर्दा १० जनाले सेवा लिन सक्नेछन् ।
तर बिरामीको चाप रहेको डक्टर बन्जाडेले बताए । हाल जिल्लामा ठेगाना भएर विभिन्न ठाउँमा उपचारत १ सय ३७ जना मृगौला पिडित बिरामीको तथ्याङ्क रहेको छ ।
तालिम प्राप्त जनशक्ति सहित हेमोडायलाइसिस सेवा दिन थालिएको छ । गुल्मी अस्पतालमा मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा बिस्तार गर्ने ५ वटा मेसिन संघिए सरकारको सहयोगमा रेसुङ्गा नगरपालिकाले खरिद गरेर उपलब्ध गराएको थियो ।
जिल्लामा मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा सञ्चालन गर्न करिब १ करोड रुपैयाँ खर्च भएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । जिल्लामा सेवा शुभारम्भ भएसँगै अब धेरै बिरामीहरुलाई सहज हुने लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले बताए ।
जिल्लाका धेरै आर्थिक अवस्था कम्जोर रहेका मृगौला पिडित बिरामीहरुले अनेत्र गएर पाइरहेको दुखः अत्य भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी अस्पताल नागरिकको अस्पताल हो भन्ने बनाउनका लागि सबैको साथ आबश्यक रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
मृगौला पिडितहरुको डायलाइसिस सेवा दिनका लागि गुल्मी अस्पतालबाट २ जना स्वास्थ्यकर्मीले तालिममा लिएर सेवा दिन थालेको अस्पतालका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए । गुल्मी जिल्लामा बिरामीको चाप बढिनै भएकाले मेसिनहरु थप गर्नका लागि प्रदेश सरकारसँग पहलभइरहेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ ।
०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ ।
भवन निर्माणको काम भने सुस्त गतिमा भइरहेकाले तोकिएको समयमै सम्पन्न नहुने देखिन्छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।