गुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान

0 287

अनिल खत्री
३ चैत, गुल्मी । गुल्मी जिल्लामा मौरी पालन व्यवसायलाई बृद्धि गर्न आधारभूत मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीको आयोजनामा तीन दिनसम्म कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको हो ।
जिल्लाका विभिन्न स्थानमा ५ वटा भन्दा वढि घार व्यवसायीक रुपमै मौरी गर्ने कृषकलाई गोदावरी मौरी विकास केन्द्रबाट विज्ञ व्यक्तिहरुको सहभागितामा कृषकलाई तालिम प्रदान गरिएको थियो । मौरी पालन गर्दा हुने फाइदा, चुनौती, लगायतका विषयमा कृषकलाई तालिम प्रदान गरिएको हो ।
तालिमले कृषकलाई मेहनत गरे सफल भइदो रहेछ भन्ने उर्जा प्रदान गरेको कालिगण्डकी गाउँपालिकाबाट मौरी पालन तालिम लिन आएका कुमार थापाले बताए । उनले यश तालिमले मौरी पालनमा आइपर्ने कुनैपनि चाुनौतीलाई सामाना गर्न सक्ने गरि दक्षता प्रदान गरेको बताए ।
अहिले ८ घार मौरी पालन गर्दै आएका कृषक एकादेव न्यौपाने तलिबाट मौरी पालन व्यवसायलाई बिस्तार गर्ने सोच बढेको बताए । यो तालिमले साना साना प्राविधिक ज्ञान प्राप्ती गर्न पाउदा धेरै उपलब्धी हासिल गरेको नैपानेले बताए ।
कृषकलाई मौरी व्यवस्थापन कसरी गर्ने, रोगहरुको निराकरण कसरी गर्ने, मौरीलाई आहार कम भएको खण्डमा कसरी व्यवस्थापन गर्ने प्राविधिक विषयमा कृषकलाई तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । तालिमबाट मौरी पालन गरेका कृषहरुलाई आधारभूत ज्ञान प्राप्ती सँगै मौरी पालनमा आकर्षण र उत्पादन बढाउने प्रमुख उदेश्यले तालिम प्रदान गरिएको भण्डारीको भनाए छ ।
जिल्लालाई मह उत्पादनको जिल्ला रुपमा बिस्तार गर्न कृषि ज्ञानकेन्द्रले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसले गर्दा जिल्लामा मह उत्पादन गर्ने कृष र उत्पादन बढदै गएको छ ।
तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अरु व्यवसायभ भन्दा मौरी पालन व्यवसाय सजिलो रहेकाले तालिममा सिकेका उपलब्धीलाई व्यवहारमा लागु गर्न आग्रह गरे । पेसा गत चुनौतीमा आइपर्ने चुनौलाई सामुहिक रुपमा छलफल गरेर अगाडी बढनुपर्ने खत्रीले बताए ।


जिल्लामा मौरी पालन व्यवसायमा आकर्षण बढदै गएको छ । कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यस व्यवसाय तर्फ कृषकको रोजाई बढदै गएको छ ।
वर्षमा दुई पटक मह निकाल्ने गरिन्छ । जिल्लामा कृषकले उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको कृषकहरुको भनाइ छ ।
गुणस्तरीय मह भएकाले अधिकांश मह घरवाटै १ हजार ५ सय रुपैयामा बिक्री हुने गरेको छ । १० वटा भन्दा बढी घारमा मौरी पालन गर्ने कृषकलाई मौरी र घारमा अनुदान दिने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा गतवर्ष भन्दा मह उत्पादन बृद्धि भएको छ । उत्पादन बढनुमा घार संख्यामा बृद्धि, चरन क्षेत्र राम्रो भएको र यो पटक पानीले असर नपरेको उत्पादन बढेको हो ।
जिल्लामा उत्पादन भएको मह बिक्रीका लागि बजारी गर्न समस्या छैन । पहाडी क्षेत्रमा शेरेना जातको मह उत्पादन हुँने हुँदा यसको मह खोजी खोजी किन्ने गरेको कृषको भनाइ छ ।
मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले अझै पनि बिना तालिम गर्दै आएका थिए । तर यश वर्ष भने तालिम प्रदान गरिएको हो ।
जिल्लामा मह उत्पादन बृद्धि गर्न भन्दै बैशाख मह दिवस मनाउन पनि थालिएको छ । गएको बैशाख ४ गते मुसिकोट नगरपालिकाको मालारानीमा मह दिवस मनाइएको थियो ।
हाल जिल्लाबाट उत्पादित मह अनेत्र जिल्लामा बेचेर करिब २९ लाख रुपैयाँ आन्दानी हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्ला भर हाल ४ हजार ५ सय जना मौरी पालन गर्ने कृषक रहेका छन् । जसमध्ये आधुनिक घार ३ हजार ६३६ वटा रहेका छन् ।
परम्परागत घार २ सय ८९ वटा रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा वार्षिक १० लशमलव ५९ मेटन मह उत्पादन हुने गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।