सूर्य सुनार
१५, जेठ गुल्मी
पहाडी जिल्लामा व्यवसायीक रुपमा प्याज खेती कमै मात्रामा भएको पाइन्छ । जसले गर्दा प्याजका लागि छिमेकी मुलुक तथा अरुकोे भर पर्नुपर्ने अवस्था रहेको छ । तर गुल्मीमा पहिलो पटक व्यवसायीक रुपमा प्याज खेतीको परीक्षण सुरु गरिएको छ ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ चौरासीका रोमाकान्त भण्डारीले जिल्लामै पहिलो पटक प्याज खेती सुरु गर्नुभएको हो । उहाँले सुरुमा ५ रोपनी जग्गामा प्याज खेती सुरु गर्नुभएको हो । जिल्लामा तरकारी तथा फलफूलका खेती हुँदै आए पनि प्याज खेती भने व्यवसायिक रुपमा गरिएको छैन् । भण्डारीले पहिलो पटक प्याज खेती सुरु गर्नुभएको हो । यस अघि भण्डारी किर्तिपुर काठमाण्डौंमा विगत ९ वर्ष देखि व्यवसायिक कृषिमै आवद्ध हुनुहुन्थ्यो । काठमाण्डौबाट गत मङसिरमा घर फर्किनुभएका भण्डारीले व्यवसायिक रुपमा ब्याज खेती सुरु गर्नुभएको हो ।
प्याज खेतीको बजार व्यवस्थापन कस्तो हुन्छ, भन्ने प्रतिक्षामा रहेको उहाँको भनाई छ । प्याज खेतीका लागि भण्डारीलाई कृषि ज्ञान केन्द्रले प्रोत्साहन गरेको हो । कृषि ज्ञान केन्द्रबाट जिल्लामा तरकारी लगायतका खेती भए पनि प्याज खेती नभएकोले पहिलो पटक यसको परीक्षणका लागि प्रोत्साहन गरेको छ ।
यसले राम्रो बजार पाए आगामी दिनमा थप २४ रोपनी जग्गामा ब्याजको खेती विस्तार गर्ने योजना रहेको भण्डारीले सुनाउनुभयो । ज्ञान केन्द्रको आ.व.२०८०–०८१ को ब्याज खेती प्रर्दशन कार्यक्रम अन्तर्गत ५ रोपनी क्षेत्रफलमा रेड त्रियोल जातको प्याज खेती परीक्षणका लागि बेर्ना सहयोग गरेको थियो ।