विकलाङ्ग अस्पताल तथा पुनस्र्थापन केन्द्रको सामाजिक लेखाजोखा सम्पन्न

परियोजनाले धेरै सहयोग गरेको सेवाग्रहीको भनाई

0 95

 

विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र सक्षम परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम गुल्मीमा सम्पन्न भएको छ । बुधबार गुल्मी सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरि लेखाजोखा कार्यक्रम गरिएको हो । हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका ब्यक्तिको अधिकार भन्ने नाराका साथ विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रले बिगत ३६ बर्षदेखि शारिरिक अपाङ्गता भएका १८ बर्षसम्मका बालबालिकाहरुका लागी उच्चस्तरको उपचार तथा पुनस्र्थापना सेवा प्रदान गदै आएको छ । संस्थाले गरिब तथा शारिकि अपाङ्गता भएका बालबालिकाहरुको उपचार र पुर्नस्थापनाको क्षेत्रमा काम गदै आएको छ । यो सस्ंथाले गुल्मी, अर्घाखाँची र रुपन्देही जिल्लामा परियोजना कार्यालय स्थापना गरि २५ सय जना १८ बर्षसम्मका शारिरिक अपाङ्गता भएका बालबालिकाको उपचार, पुस्र्थापन तथा अपाङ्गता रोकथाम र सशत्तिकरणको क्षेत्रमा सेवा प्रदान गदै आएको छ । गुल्मी जिल्लामा सन २०१७ मा स्थापना भई यही २०२१ को डिसेम्बरमा परियोजनाको समयअधि समाप्त हुदै छ । गुल्मीमा बुधबार एक कार्यक्रमको आयोजना गरि संस्थाले हालसम्म गरेको कार्यको बारेमा जानकारी गराईएको थियो । गुल्मी जिल्लाका १२ वटै पालिकामा यो परियोजनाले काम गरेको छ । संस्थाको परियोजनाको समय सकिन लागीको भन्दै सेवाग्राहीले अब आफुहरु कहाँ जाने कसरी उपचार गर्ने भन्दै भावबुक भएका थिए । उनिहरुले परियोजनाले आफुहरुको परिवारलाई धेरै नै सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन ।

ad

परियोजनाको समिक्षा तथा लेखाजोखा कार्यक्रमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाका सक्षम परियोजना संयोजक हिरा केसीले परियोजनाले गरेका कार्यहरुको बारेमा प्रकाश पानुभएको थियो । यस्तै विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र सक्षम परियोजना गुल्मीकी सायक जिल्ला सुपरभाईजर राधा थापाले उक्त परियोजनाले बिगत ५ बर्षमा गुल्मी जिल्लामा शारिरिक अपाङ्गता भएका १८ बर्षसम्मका बालबालिकाको क्षेत्रमा गरेका कार्यहरुको बारेमा प्रकाश पानुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि तथा सायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले हालसम्म संस्थाले राम्रो काम गरेको बताउनुभयो । सबैले अपाङ्गताको क्षेत्रमा सूचना प्रवाहमा भूमिका खेल्न आग्रह गर्नुभयो । सो कार्यक्रममा सबै पालिकाको तर्फबाट प्रतिनिधित्व गरी छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले अपाङ्गताको क्षेत्रमा स्थानिय सरकारले अभिवावकत्व ग्रहण गर्ने बताउनुभयो । उहाँले संस्थालाई सबै बिवरण सबै पालिकालाई उपलब्ध गराउन अनुरोध गर्नुभयो । स्थानिय सरकारको जिम्मेबारी भएकाले सेवाग्राहीलाई चिन्ता नलिन र नआत्तिन पनि आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा लेखाजोखा संयोजक राममणी पन्थीले सस्ंथाले राम्रो काम गरेको बताउनुभयो । उहाँले अपाङ्ग परिचय पत्र बितरण गर्दा स्थानिय तहले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रमकी प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति उपप्रमुख तुल्सीदेबि श्रेष्ठले अपाङ्गताको सबै क्षेत्रलाई समेटनुपर्नेमा जोड दिनुभयो । परियोजनाको समिक्षा तथा लेखाजोखा कार्यक्रमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाका सक्षम परियोजना संयोजक हिरा केसीले कुनै एक जनाले मात्र गरेर नहुने बताउदै सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले परियोजनाले दिने सेवा बन्द हुने भए पनि बनेपाबाट नियमित सेवा सञ्चालन हुने बताउनुभयो । कार्यक्रममा गुल्मी जिल्लाका बिभिन्न स्थानिय तहका उपप्रमुखहरुको सहभागीता रहेको थियो । बिभिन्न सामाजिक ब्यक्तित्व, सरोकारबाला ब्यक्ति, अपाङ्गता भएका ब्यक्ति तथा अभिवाक पत्रकार लगायतको सहभागीता थियो । पुनस्र्थापक सायक तल्सी पाण्डेले कार्यक्रममा कबिता बचन संगै स्वागत मन्त्ब्य राख्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन सस्थाकी पुनस्र्थापक सायक निर्मला पुरीले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।