किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक

0 1,313

मोडल तथा सर्जक किरण मगरको “कति रमाइलो” बोलको गित सार्वजनिक भएको छ ।

रुकुम जिल्लामा जन्मिएका मगर हाल रोजगारीका सिलसिलामा अमेरिकामा छन । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भैरहेका छन । गित संगितमा सानैदेखि रुचि भएका उनी बिदेशमा रहेर पनि नेपाली गित संगित क्षेत्रमा उत्तिकै क्रियाशिल छन । सोही गित कति रमाइलो द प्राण डिजिटल अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । सोही गितमा स्वयंम किरण मगरको शब्द, निर्मल केसीको लय रहेको छ । भने जानुका तामाङ र निर्मल केसिले स्वर दिएका छन । त्यस्तै बिजय पुन, रितु तामाङ र रमेश मगर ( बैकुन्ठे)को अभिनय रहेको छ । राजकुमार मगरको निर्देशन रहेको सो गितको छायांकन पाटोमा अजय रेग्मी र कोरियोग्राफी बिजय बुढा मगरको रहेको छ।

किरण सोही गितबाट आसावादी छन। गितमा रुकुम र नुवाकोटका केही धार्मिक तथा पर्यटन स्थलहरुलाई समेटिएको छ । जसमा प्रेम भाव पनि झल्किएको छ । भने म्युजिक भिडियोको सम्पुर्ण छायांकन नुवाकोटमा गरिएको हो । सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियासिल रहने किरणको यस भन्दा अगाडि सार्वजनिक भएको लोक दोहोरी गित ढांट्यो जिन्दगीले पनि अपार सफलता पाएको थियो । त्यस्तै किरणका केही वर्ष अगाडि बजारमा आएका झुपडी, गए हतारमा, चोखो माया, कलेजी, पागल बनिदिन्छु, लगायतका थुप्रै गितहरु आज पनि उत्तिकै लोक प्रिय छन ।

ad

हेरौं सोही गितको म्युजिक भिडियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।