समुह अनुसार हेर्नसहोस

अर्थ

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

काठमाडौं ,  सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको हो। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी…

“छत्रकोटमा रातारात काठ तस्करी” , कस्ले काट्यो कसैलाई थाहा छैन

भुवन भुसाल, साउन १६ गुल्मी गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ । भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही काटेर ढालीएको फेला पारिएको हो । छत्रकोट ३ चोयगा देबपुरीमा…

१३ वर्षदेखि अतिथि गृह भवन अलपत्र

गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो । वि।सं। २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा…

करदाता सेवा कार्यालय गुल्मीद्धारा ३२ करोड भन्दा बढी राजस्व संकलन

सूर्य सुनार श्रावण १० गुल्मी करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७८ र ०७९ असारमसान्त सम्म ३२ करोड ९१ लाख ३२ हजार २६६ राजस्व संकलन गरेको छ । जस अनुसार आय कर १७ करोड १ लाख ६४ हजार , मुल्य अभिवृद्धी कर १३ करोड ५० लाख ५ हजार अन्त…

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने देशकै नमुना ३ मुखे झोलुङ्गे पुल उद्घाटनको पखाईमा

६ श्रावण २०७९, सन्तोष महतारा, गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुंगे पुल उद्घाटनको प्रतीक्षामा रहेको छ। उक्त पुल तीन जिल्लाको संगमस्थल रिडीको कालीगण्डकी नदीमा निर्माण गरिएको हो। झण्डै १० करोड लागतमा ८ वर्ष लगाएर निर्माण…

हेफर प्रोजेक्ट नेपालद्धारा गुल्मीदरबारको एक महिला सहकारीलाई बोलेरो जिप हस्तान्तरण

रामकृष्ण कडेल साउन ३ ,०७९ गुल्मी ।गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारी संंस्थालाई हेफर प्रोजेक्टले गाडी हस्तान्तरण गरेको छ । कृषि सहकारीको सदस्यहरुले उत्पादन गर्ने तरकारी कृषि उपज ढुवानी…

गुल्मीका स्थानीय तहमा साढे ३१ करोड रुपैयाँ बेरुजु

गुल्मी – गुल्मीका स्थानीय तहमा साढे ३१ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५१ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा ३१ करोड ५१ लाख १ हजार रुपैयाँ बेरुजु देखिएको हो ।…

कृषकको घर घरमा रेसुङ्गा नगरपालिका

गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घरघरमा गएसगैं कृषकहरु उत्साहित भएका छ्न । रेसुङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा कृषकलाई पाडा प्रवर्द्धन मासु मिसन कार्यक्रमको लागि उन्नत भैँसीका पाडा हस्तान्तरण गरिएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख…

मालिकाले ल्यायो ५४ करोड ९५ लाखको बजेट

गुल्मीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन गरेको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले ५४ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका हुन् । यस बर्ष गाउँपालिकाले कृषि, पर्यटन,…

मुसिकोटको नीति तथा कार्यक्रम : कृषि उपजको बिक्री सुनिश्चितता देखि आफ्नै गाउँ फर्की आउँ कार्यक्रमसम्म

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । दोश्रो नगरसभाको बाह्रौँ बैठकमा नगरप्रमुख जीवन खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिको बजारीकरण देखि आफ्नै गाउँ फर्की आउँ…