समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीमा ३३९ जना एचआइभी संक्रमित
मनु सुनार मनसुन
गुल्मी मङ्सिर २६ । गुल्मी जिल्लामा ३३९ जना एचआइभी संक्रमित रहेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मीदरबार गाउँपालिकामा २४ जना, छत्रकोट गाउँपालिकामा ४५ जना,…
आजदेखि हट्यो निर्वाचन आचारसंहिता
निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हो ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल…
अर्घाखाँचीमा श्रीमतीले गरिन् ७७ वर्षीय श्रीमानको घाँटी थिचेर हत्या
बुटवल । अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्।
बलबहादुर र लक्ष्मी बिच मंसिर २४ गते साँझ घरायसी…
कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका
काठमाडौँ,२६ मँसिर । गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको…
पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव सम्पन्न, पूर्वशिक्षक र उत्कृष्ट शिक्षकहरु सम्मानित
सूर्य सुनार, मंशिर २६ गुल्मी
पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव…
चन्द्रकोटमा पौष १ र २ गते निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुदै
महेश बोहरा, मंसिर २६ चन्द्रकोट // गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै यही पौष १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । गाउँपालिकाले…
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
अटिजम पाठशाला
रेसुङ्गा । गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।…
गुल्मीका युवाको उद्यम : घाँस खेतीबाट वार्षिक २० लाख आम्दानी
गुल्मी, मङ्सिर २५ । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ । उहाँले ग्यालेक्सी कृषि तथा पशुपंक्षी…
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण
गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।…
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
रेसुङ्गा । सामान्य कुराकानी चलिरहेका बेला दुईचारजनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो ।
त्यसपछि ३१ जनाबाट सुरु…