समुह अनुसार हेर्नसहोस

समाचार

मुस्ताङको घाँसामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको जहाज

हराइरहेको तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिएको छ । जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको घाँसा नजिकै टीटी भन्ने स्थानमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए । जहाज भेटिएको स्थानमा…

सम्पर्कविहीन विमान खोज्न हेलिकप्टरको प्रयोग, मौसमका कारण समस्या

बिहानदेखि हराइरहेको तारा एअरको विमान खोजीकार्य तिव्र पारिएको छ। पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ। सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ। स्थानीयले ठूलो आवाज…

तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्कियो

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको  (9-N-AIT)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ। १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा…

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन तारा एअर

जेठ १५, २०७९ आइतबार पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना…

चन्द्रकोटमा २ दिने निःशुल्क आँखा अप्रेशन शिविर सम्पन्न, करिब ३ सय जनाले गरे आँखा जाँच

महेश बोहरा, जेठ १४ गुल्मी, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा २ दिने निःशुल्क आँखा अप्रेशन शिविर शनिबार सम्पन्न भएको छ । शान्तिपुर आँखा उपचार केन्द्रमा जेष्ठ १३ र १४ गते शिविर सञ्चालन भएको हो । उक्त शिविरबाट झण्डै ३ सय जना बिरामीले लाभ…

पहिले कार्यालय सहयोगी अहिले वडाध्यक्ष :किसन बहादुर खत्री

सुनिल क्षेत्री, जेठ १४ गुल्मी, बाग्लुङ्गमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति अहिले सोही कार्यालयमा वडाध्यक्ष भएर जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त गर्नुभएको छ । बाग्लुङ्ग बरेङ गाउँपालिका वडा नं. ४ मा निर्वाचित वडाध्यक्ष किसन…

गुल्मी महोत्सवबाट २१ लाख वढि बचत

अनिल खत्री १३ जेठ, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवमा २१ लाख वढि बचत भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले गत चैत्रको २५ गतेदेखि ०७९ वैशाख ६ गतेसम्म महोत्सव आयोजना गरेको…

स्वास्थ्य स्यमंसेविकाको हक हितका निम्ति चन्द्रकोटमा समिति गठनः योजना निमार्णमा सहजीकरण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा महिला स्वास्थ्य स्यमंसेविकाको हक हितका लागी मञ्च गठन गरिएको छ । सामुदायिक महिला स्वास्थ्य स्यमंसेविकाको हक हितका निम्ति मञ्च गठन गरिएको हो। स्वयंसेविकाको अधिकार र योजना निमार्णमा सहजीकरण गर्न सजिलो…

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको ज्यान गयो

अर्घाखाँची – अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो ।चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा…

मदाने गाउँपालिकाको पहिलो बैठक सम्पन्न : यातायात खर्च र विधुत शुल्क पालिकाले बेहोर्ने ।

अनिल खत्री जेठ ११, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले पालिका भित्र न्युनतम २० युनिट सम्मको विधुत खपतको शुल्क पालिकाले बेर्होने भएको छ । पालिका भित्र अधिकाश घरधुरि गरिबीको रेखामुनि रहेको कारण उनिहरुलाई लक्षित गर्दै यस्तो निर्णय गरेको…