समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीका सन्तोष महतारालाई भैरव रिसाल मिडिया फेलोसिप २०८० को अवार्ड

गुल्मी । भैरव रिसाल मिडिया फेलोसिप २०८० को अवार्ड गुल्मीका सन्तोष महताराले प्राप्त गरेका छन् । महताराले खोजमुलक तथा सिर्जनात्मक समाचार प्रकाशन गरेबापत नगद २५००० धनराशि सहित बरिष्ठ पत्रकार भैरव रिसालबाट सम्मानित भएका हुन ।…

गुल्मीमा कात्तिक १५ गते देखि औधोगिक एवं ब्यापार मेला हुने

अनिल खत्री २३ भदौ, गुल्मी । गुल्मीमा औधोगिक एवं ब्यापार मेला महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ गुल्मीको आयोजनामा आउदो कात्तिक १५ गतेदेखि २५ गतेसम्म औधोगिक एवं ब्यापार मेला महोत्सव हुने भएको हो । ११ दिनसम्म महोत्सवमा गुल्मी जिल्लामा…

गुल्मी चन्द्रकोटमा ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा विविध कार्यक्रम सम्पन्न

गुल्मी । चन्द्रकोट गाउँपालिका गुल्मीले विविध कार्यक्रमसहित ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ । ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने नारासहित मनाइएको दिवसमा पालिका स्तरीय हाजिरी जबाफ प्रतियोगिता,…

अब गुल्मीका लागि जोर्तेको विकल्प ‘अर्गली–रानीमहल–तानसेन’ सडक

गुल्मी । पाल्पामा वैकल्पिक सडकको प्रयोगमा बेवास्ता गरिएको छ । हाल स्तरोन्नति भइरहेको जोर्ते सडक खण्डको विकल्पका रूपमा अर्को सडक भए पनि त्यसको प्रयोगमा भने बेवास्ता भइरहेको हो । जिल्लाको तानसेन नगरपालिका–१४ अर्गलीको अर्गली चोकबाट रानीमहल…

गुल्मीमा बेवारिसे शव फेला

गुल्मीमा बेवारिसे अबस्थामा शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा – ४ लुम्दिखोला स्थित बढीगाड खोलाको किनारमा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभाट चौधरीले जानकारी दिनुभयो । सडेको…

वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

गुल्मी । गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति गुल्मीले वडाध्यक्षले शिक्षक कुटेको भन्दै गुल्मीका प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो । जिल्लाको मालिका…

गुल्मी अदालतद्धारा ८१ प्रतिशत मुद्धा फर्स्यौट

गुल्मी अदालतले आर्थिक वर्ष २०७९।८० मा ८१ प्रतिशत मुद्धा फर्स्यौट गरेको छ । बिहिबार सञ्चारकर्मीसंग विशेष भेटघाट कार्यक्रमको आयोजना गर्दै अदालतको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७९।८० मा ७ सय १२ वटा मुद्धा दर्ता…

कृष्ण जन्माष्टमीको अवसरमा तम्घासमा रोपाइँ जात्रा

अनिल खत्री २१ भदौ, गुल्मी । कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित रोपाई जात्रा मनाइएको छ । कृष्ण जन्माष्टमीको अर्को दिन बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि जिल्लाको सदरमुकाम तम्घासमा बिविध कार्यक्रम…

रेसुङ्गा नगरमा रोपाइँ जात्रा मनाउन सार्वजनिक विदा

अनिल खत्री २० भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउनको लागि भोलि  बिहीबार सार्वजनिक विदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अबसर पारेर भदौ २१ गतेका लागि नगरले सार्वजनिक…

प्रतिष्ठान गुल्मी शाखाको १८ औं साधारण सभा सम्पन्न

अनिल खत्री २० भदौ, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको १८ औं साधारण सभा सम्पन्न भएको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा बिबिध साँस्कृतिक कार्यक्रम सहित साधारणसभा गरिएको हो । सधारणसभामा सचिव गणेश अधिकारीले…