समुह अनुसार हेर्नसहोस
समाचार
न्यूनतम शुल्कमा तुराङ बहुप्राबिधिक शिक्षालयमा कृषि बालीविज्ञान पढ्न सकिने
प्रतिक खबर व्यूरो, १५ श्रावण गुल्मी ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको तुराङ बहुप्राबिधिक शिक्षालयमा न्युनतम शुल्कमा प्राविधिक शिक्षा पढन पाइने भएको छ । शैक्षिक सत्र २०७९/८० का लागी शिक्षालयले ३ बर्षे कृषि…
“छत्रकोटमा रातारात काठ तस्करी” , कस्ले काट्यो कसैलाई थाहा छैन
भुवन भुसाल, साउन १६ गुल्मी
गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ । भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही काटेर ढालीएको फेला पारिएको हो । छत्रकोट ३ चोयगा देबपुरीमा…
जन्मदिनमा बाँदर नियन्त्रण गर्न निर्वतमान वडाध्यक्षको ५० हजार
हुमाकान्त पोखरेल
साउन १६, गुल्मीः गुल्मीमा एक वडाध्यक्षले आफ्नो जन्मदिनको अवसरमा बाँदर नियन्त्रणको लागि ५० हजार प्रदान गरेका छन् ।
छत्रकोट गाउँपालिका –४ दिगामका निवर्तमान वडाध्यक्ष डिलाराम न्यौपानले बाँदरको नयाँ तरिकाले नियन्त्रण गर्नका…
गुल्मीमा कार्यरत कर्मचारीहरुबीच हाजिरी जवाफ
नेपाल निजामती कर्मचारी संगठन गुल्मीले सहिद मनोज, झपेन्द्र र सुरेन्द्र स्मृति दिवसो अवसरमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
सहिदको सम्झना र कर्मचारीहरुबीचमा आत्मियता बढाउन जिल्लामा कार्यरत कर्मचारीहरुबीच हाजिरी जवाफ…
बडिगाड खोलामा बेपत्ता अधिकारीको शव फेला
गुल्मी शनिवार बडिगाड खोलामा बेपत्ता गुल्मीका पुरुषको शव फेला परेको छ। गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का ६० वर्षीय तुलबहादुर अधिकारी मलामी गएको बेला चिप्लिएर बडिगाड खोलामा खसेर बेपत्ता भएका थिए।
शनिवार प्रहरी र स्थानीयले बडिगाड खोला…
मलामी गएका गुल्मीको मुसिकोटका एक पुरुष बडिगाड खोलामा खसेर बेपत्ता
छिमेकीको मलामी गएका गुल्मीका एक पुरुष बडिगाड खोलामा बेपत्ता भएका छन्। गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का अन्दाजी ६० वर्षीय तुलबहादुर अधिकारी बडिगाड खोलामा खसेर बेपत्ता भएका हुन्।
उपल्लो भुवाचिदी स्थित वडा नं ४ र ६ जोड्ने पुलको…
आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
१५ साउन २०७९ काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
खोटाङ केन्द्रबिन्दू भएर ६ म्याग्निच्युडको भूकम्प
खोटाङ केन्द्रविन्दू भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का पूर्वका अधिकांश जिल्ला र काठमाडौं…
गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घट्यो
हुमाकान्त पोखरेल/ गुल्मी, १४ साउन ।
गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ । आर्थिक बर्ष २०७७/७८ को तुलनामा ०७८/७९ मा कम सङ्ख्यामा मात्रै महिलाहरुको नाममा जग्गा लिखत गरिएको छ । सरकारले महिला, दलित र अपाङ्गको नाममा जग्गा…
गुल्मीको छल्दी खोलामा शव फेला
साउन १४, गुल्मीः गुल्मीको छल्दी खोलाको किनारमा शनिवार पुरुषको शव फेला परेको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ५ गान्टारी स्थित छल्दीखोलाको किनारमा इश्मा गाउँपालिका वडा नम्वर ६ का ३८ वर्षीय टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला…