समुह अनुसार हेर्नसहोस
समाचार
जिल्ला समन्वय समिति गुल्मीको निर्वाचन असार १ गते हुने
जेठ २७,२०७९ गुल्मीः जिल्ला समन्वय समिति गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, गुल्मीले असार १ गते निर्वाचन हुनेगरी जिल्ला समन्वय समिति निर्वाचन –२०७९ को कार्यतालिका सार्वजनिक गरेको हो ।…
गुल्मीमा ढुङ्गाले लागेर स्कुल जाँदै गरेका बालकको मृत्यु
गुुल्मीमा जेसिबीले फालेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका २ अर्मजाका हरी रायमाझीका छोरा १४ वर्षीय गगन रायमाझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपी माधवराज खरेलले…
बागलुङमा चट्याङ लागेर एक पुरुषको मृत्यु
सुरेश छन्त्याल
जेठ २६
वडिगाड गाउँपालिका ३ बागलुङ ।
बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
स्थानीय लाल बहादुर श्रीसको जानकारी अनुसार मृत्यु हुनेमा अन्दाजी ७० वर्षिय रामप्रसाद श्रीस रहेका छन् ।…
रेसुङ्गाले आँखाको शल्यक्रिया निःशुल्क गर्ने
हुमाकान्त पोखरेल, गुल्मी२६ जेठ । गुल्मीको रेसङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निःशुल्क गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रवक्ता राम्जी पन्थीले कार्यपालिका बैठकको निर्णयहरु सार्वजनिक गर्दै नगरभित्रका नागरिकको लागि आँखाको…
अन्तराष्ट्रिय धावक श्रेष्ठलाई गृह जिल्लामा सम्मान
जेठ २५, गुल्मीः अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृह जिल्ला गुल्मीमा सम्मानित भएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका –३ हाडहाडे निवासी श्रेष्ठलाई सोमबार जिल्ला खेलकुद विकास समिति र धुर्कोट गाउँपालिको सम्मान गरेको हो…
सरकारी अस्पताललाई जनताले खोज्ने र विश्वास गर्नेगरी काम गरिरहेका छौं : मन्त्री थारु
जेठ २४,गुल्मी – लुम्बीनी प्रदेशका सबै सरकारी अस्पताललाई जनताले खोज्ने र विश्वास गर्ने खालको बनाउने लुम्बीनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताएका छन् । सोमवार गुल्मी अस्पतालको अनुगन गर्न सदरमुकाम…
साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हट्यो स् अब आइतबार बिदा नहुने
जेठ २४,काठमाडौँ– साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णय फिर्ता लिँदै असार १ गतेदेखि लागू हुने गरि हप्तामा १ दिन शनिबार मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको…
नेपालमा औसत समयभन्दा अगाडि नै मनसुन भित्रियो
नेपालमा औसत समयभन्दा आठ दिन अगाडि नै मनसुन प्रवेश गरेको छ । सामान्यतयाः जुन १३ तारिखलाई मनसुन भित्रने समय मानिन्छ । गएको वर्ष पनि औसत समयभन्दा अगाडि नै मनसुन नेपाल प्रवेश गरेको थियो । तर यसपटक भने पोहोरभन्दा पनि पाँच दिन अगाडि नेपालमा मनसुन…
गुल्मीको छत्रकोटमा मृत अवस्थामा चितुवा फेला
गुल्मीमा जंगली चितुवा मृत अबस्थामा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को लूम्छामा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए । इलाका वन कार्यालय रिडीको…
विश्व वातावरण दिवसको अवसरमा रेसुङ्गा वालउद्यानमा वृक्षारोपण,, बातावरण जोगाइ राख्नु पर्नेमा सबैको जोड
विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ स्थित रेसुङ्गा वालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।
‘पृथ्वीको संरक्षण ः दिगो…