समुह अनुसार हेर्नसहोस
Banner
गुल्मीको मुसिकोटमा साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न
सूर्य सुनार पौष १० गुल्मी
गुल्मीमा साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा गरिएको हो ।
साना…
खुकुरी युथ क्लबद्वारा ट्राफिक नियमका बोर्डहरु बजारमा राखियो
सूर्य सुनार पौष ४ गुल्मी
खुकुरी युथ युवा क्लब तम्घासले सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमका बोर्डहरु बजारमा राखेको छ । अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नगरि हुने हुँदा त्यसको न्यूनिकरणको लागि…
जन्मदिनमा आशा अपाङ्ग केन्द्रलाई खाद्यान्न सहयोग
सूर्य सुनार पौष ३ गुल्मी
पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा गुल्मी उद्योग सघंका वरिष्ठ…
गुल्मीमा हराएका बालक जंगलमा मृत फेला
अनिल खत्री
२ पुस, गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर ३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
मंसिर २२ गते घरबाट हराएका…
पहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार
अनिल खत्री पौष ०१, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ ।
कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर…
युवालक्षित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिनेछ – ज्ञवाली
काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिने खतरा रहेको बताएका छन्।
शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा कुरा गर्दै उपमहासचिव ज्ञवालीले…
मुसिकोटमा यही पौष ६ देखी भलिबल प्रतियेगिता हुने
सूर्य सुनार मंसिर २८ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा नगरपालिका भित्रका क्लबहरु बिच खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सफल युवा क्लब मुसिकोटले खुल्ला पुरुष वडास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक…
चक्रेश्वर मेलामा चन्द्रकोट गाउँपालिकाको कृषि प्रदर्शनी
उदय शान्ति युवाक्लवको आयोजनामा चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा चक्रेश्वर मेला सञ्चालन भएको छ । साही मेलाको अवसरमा गाउँपालिकाले कृषि मेला प्रदर्शनी सम्पन्न गरेको हो । कृषि मेला प्रदर्शनीमा गाउँपपालिका भित्रका १५ जना कृषकले आफ्नो कृषि उपज…
पृथ्वी माध्यामिक विद्यालयको ६७ औँ वार्षिकोत्सव सम्पन्न
सूर्य सुनार मंसिर २५, गुल्मी
गुल्मी मुसिकोट नगरपालिका ३ अवस्थित पृथ्वी माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ६७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले छात्रा र छात्र विच भलिबल प्रतियोगिता,गायन प्रतियोगिता सहित…
चन्द्रकोटका पर्यटकीयस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री : श्रीपाली
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशीला श्रीपाली ठकुरीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । सोमबार वाला चतुर्दशीको अवसर पारेर राज्य मन्त्री श्रीपालीले…